गल्ती के थियो? - नबिन बस्नेत द्वारा नबराज बि.क. मा समर्पीत

काठमान्डौ, नेपाल
जेठ १४, २०७७ गल्ती के थियो? : पश्चिम नेपाल रुकुम को घटना को बिबरण कबिता मा। - नबिन बस्नेत

उ:
देखे उसलाई एकै नजरमा, माया बसेछ
माया गाढीदै गयो, जात तिर ध्यान दिनै भुलिएछ
बुढी हाम्रो लभ परेको त ३ बर्ष पो भयो
आउ अब बिहे गरी संगै बसौ, तिमी टाढा हुँदा ध्यान अन्तै गयो।

माया गर्दा गर्दै एक्कासी मलाई जात को याद आयो
त कालो डुम कहॉ आईस भनेर मेरो बुढीको आमाले करायो
म निर्दोष थिए तैपनी १ रात चिसो त्यो जेलमा जबरजस्ती थुनायो।

अब त अत्ती भयो बुढी भागेर बिहे गरौ
कि त संगै बॉचौ कि त संगै मरौ
हार म खादीन तिम्लाई लिन आउछु
डराएर लादीन तिम्लाई ऑगन बाटै हात समाएर उठाउछु।

उनी:
एक्लै न आउ प्रिय आमाले मार्लीन
तल्लो जातको हो भनेर गाउलेलाई झार्लीन
साथीहरु धेरै ल्याउ प्रिय एक्लै भए आमाले भेरी नदी पार्लीन

उ:
हुन्छ बुढी आउछु तिम्लाई लिन चिन्ता नगर
संगै तरौला हामी त्यो भेरीको बगर

तर, समय परीवर्तन भईदियो।

साथीहरु:
भाग साथीहो भाग ढुंगाहरु बज्न थाले
ऐआ आमा चोट लाग्यो टाउको सबको फुट्न थाले
अगाडी १०० जना पछाडी हेर्छु २०० जना के आपत्ती आईलाग्यो
कसैको माया माग्न गाथीम यार, सारा गाउले पो जाईलाग्यो



भाग साथी हो भाग मेरो लागी नमर
दुश्मन को भर पर्नु तर यो गाउँले को भर नपर
ऐआ टाउको फुटे जस्तो छ
बुढी.... हाम्रो ३ बर्षको माया आज छुटे जस्तो छ
म त मर्छु के हो रगतै रगत आयो
मेरो साथीहरुको के दोष उनीहरुले पनी कुटाई खायो

गाउलेहरु:

नछोड यि डुमहरुलाई हामीले मार्नै पर्छ
गाउलेहो यो तल्लो जातको हो त्यसैले मारेर भेरी नदी फाल्नै पर्छ
कसैलाई पनी नछोड तयार छ सबको लागी कात्रो
माथील्लो जात संग माया लगाउने यस्को औकात कत्रो?

र यसरी गॉउले ले तल्लो जात भएको कारन नबराज बि.क. को हत्या गरी मारे र सफल भए दुई जोडी को माया छुटाउन।

परीवार:

तल्लो जात ले गर्दा नबराजको सुक्यो बोली
स्वर सुकी सक्यो सब जना आश मा छन न्याय पाउछु भनेर भोली
गुमाईसके आफ्नो ज्यान प्रेम गर्दा
सत्य रैछ यो बचन ' मर्दैन माया मान्छे मर्दा'

गल्ती के थियो?
तल्लो जातको हुनु?
माया गर्नु?

गल्ती त यही रहेछ हाम्रो नेपालमा जातजाती बिभेद अझै नहट्नु।

म नबिन बस्नेत;
जात मिल्दा पनी छुटाएको देखेको छु
एक अर्को को सम्बन्ध टुटाएको देखेको छु
हे भगवान कस्तो समाज दियौ मलाई
यहॉ त एक अर्को ले नै मान्छे गीराएको र चिराएको देखेको छु।।।।।

लेखक: नबिन बस्नेत, काठमान्डौ
घट्ना रिपोर्ट: न्युज २४, सिधा कुरा जनतासंग- रबि लामिछाने

दोषी लाई कडा भन्दा कडा सजाए होस।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै